बझाङ। बझाङको छबिस पाथिभेरामा कुकुरले टोक्दा २ जना घाइते भएका छन्। आज बिहान बझाङको छबिस पाथिभेरा गाउँपालिका ३ बान्निचैरमा कुकुरको टोकाइबाट २ जना घाइते भएको स्थानियले बताएका छन्।
कुकुरको टोकाइबाट छबिस पाथिभेरा गाउँपालिका ३ का २६ वर्षीया संगिता बोहरा र सोही वडा सोतिगाउँका ४५ वर्षीय पृथिराम दमाई घाइते भएका छन्। अहिले उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।