दार्चुला। दार्चुला जिप दुर्घटनाका एकजना घाइते डिस्चार्ज भएका छन्। भने २ जनाको अवस्था अझै गम्भिर रहेको छ। बुधबार दार्चुलाको शैल्यशिखर नगरपालिका-६ उल्लानीमा जिप दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका ८ जनालाई उपचारका लागि गोकुलेश्वर अस्पातल पुर्याएकोमा एकजना डिस्चार्ज भएका हुन्।
बाँकी ७ जना मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने अरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। सो दुर्घटनामा परेर बझाङको बुंगल नगरपालिका ८ का ४ जना पुरुष र एक महिला गरेर ५ जनाको ज्यान गएको थियो। जिप सडकबाट करीब ५ सय मिटर तल खसेको थियो।सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार मृतक र घाईतेको नाम