कैलाली। कैलालीमा ट्याङकर दुर्घटनाको लाइभ प्रसारण गरेको भन्दै एक युवकले कुटपिट भएको बताएका छन्। शनिबारराति अत्तरियामा ट्याङकर दुर्घटना भएको फेसबुकमार्फत लाइभ(प्रत्यक्ष प्रसारण) गरेको भन्दै बैतडी घर भएका जनकराज (जेआर) भट्टले कुटपिट भएको बताएका हुन्। उनले आज बिहान १० बजे अत्तरिया बसपार्कमा आफूमाथि कुटपिट भएको बताए ।
उनले भने, आज ‘जिन्दगीमा कहिल्यै नसोचेको घटना घटेको छ म माथी, जुन अत्तरीयामा हिजो राती भएको ट्याङकर दुर्घटनाको लाइभ प्रसारण गरेको भन्दै निहूँ बनाएर ट्र्रकका चालक/सहचालक लगायत ४/५ मिलेर अत्तरीयामा मलाई कुटपिट गरेको छ । उनले भने, बर्दी लगाएका प्रहरीमाथी पनी हातपात गरेको छ । उनले रुँदै भने सुदुरपश्चिमको स्टार हो, यस्लाई सिध्याउनुपर्छ, हिरो बन्न खोज्छस् भनेर डडेल्धुराका ३/४ जना र १/२ जना गुरुङ मिलेर अत्तरीया बषपार्क निर बिहान १० बजे आफूमाथि कुटपिट भएको बताए । अहिले म धनगढीको मायामेट्रो अस्पतालमा उपचाररत छु उनले भने।’ उनले भने जिन्दगीमा अहिले कसैसँग दुश्मनी पनी थिएन, म लिन पनी चाहान्न र मैले लिएको पनी छैन कसैसँग उनले रुँदै भने । हिजो भएको सो घटनाको जे देखेको थिए त्यही फेसबुकमा हालेको थिए। मलाई मार्न खोज्ने उदेश्य थियो तिनीहरुको उनले भने। कुटपिटपछि शरीरमा चोट लागेको उनले बताए।
यस्तै इलाका प्रहरी कार्यालय मालाखेतीमा कुटपिटबारे ठाडो निवेदन पनि दिएको उनले बताए। जेआरका नामले टिकटकमा लोकप्रिय बनेका जनकराज भट्ट सुदूरपश्चिमका देउडा कलाकार समेत हुन्। इलाका प्रहरी कार्यालय मालाखेतीले भने उक्त कुटपिटको घटनामा एक युवकलाई पक्राउ गरिएको जानकारी दिएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका कार्यालय प्रमुख रविन्द्रराज पाण्डेले कुटपिटको आरोपमा गोदावरी नगरपालिकास्थित वडानम्बर २ का स्थानीय रोहित साउदलाई पक्राउ गरिएको बताए । साउदलाई अहिले नियन्त्रणमा लिएर सोधपुछ भैरहेको बताए। यस्तै कुटिएका युवकलाई घाउ जाँचका लागि पठाइएको उनले भने। कुटिएका युवक जनकराज (जेआर) भट्टले हिजो शनिबार राति अत्तरियामा ट्याङकर दुर्घटना हुँदाहुदै फेसबुकमा लाइभ गरेका थिए। अत्तरियामा नेपाल आयल निगमको इन्धन बोकेको ना४ख २६४० नम्बरको ट्याङकर दुर्घटना भएको दृश्य उनले लाइभ गरेका थिए। हिजो अत्तरियास्थित पहाड रोडमा उक्त ट्याङकर दुर्घटना हुँदा पैदलयात्री दार्चुला मालिकार्जुन १ का लोकेन्द्र धामीलाई ठक्कर गम्भीर घाइते भएका थिए। उनको अहिले उपचार भैरहेको छ। यस्तै ट्याङकर दुर्घटनाबाट ५ गाई मरेका थिए। दुर्घटना ट्याङ्करका चालक डडेल्धुरा आलितालका गणेश मल्ल र सहचालकलाई पनि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ।भिडियो हेर्नुहोस यहाँ तल
https://www.facebook.com/singerjanakraj.bhatt/videos/467086198571059
कैलालीको अत्तरियामा ट्याङकर दुर्घटना: एकजना गम्भीर, ५ गाईको मृत्यु