बैतडी। बैतडीमा लगातारको बर्षाका कारण एक विद्यालयको पर्खाल भत्किएको छ । बैतडीको दशरथचन्द नगरपालिका १ स्थित जगदम्बा आधारभूत विद्यालयको पर्खाल भत्किएको हो। लगातारको बर्षाका कारण विद्यालय पहिरोको उच्च जोखिममा परेको छ। भने विद्यालयको आँगन जोगाउन लगाएको पर्खाल भत्किएको छ।
विद्यालयका शिक्षक अम्बादत्त बडुले ३० मिटर लामो पर्खाल भत्किएको बताए । मंगलबार रातिको बर्षासंगै खसेको पहिरोले विद्यालय भवन पहिरोको जोखिममा परेको छ । पर्खाल भत्किएपछि विद्यालय भवन समेत जोखिममा परेको शिक्षक बडुले बताए। पर्खाल भत्केर भीर बनेका कारण दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ । तत्काल पर्खाल मर्मत गर्न नसकिए थप क्षति हुने विद्यालयले जनाएको छ । विद्यालय भवन पहिरोको जोखिममा परेपछि पर्खाल मर्मतका लागि विद्यालयले सरोकारवाला निकायसंग आग्रह समेत गरेको छ ।