बझाङ। बझाङको पौडी बजार नजिकै अटो दुर्घटना भएको छ । बझाङको केदारस्युँ गाउँपालिका-९ जयपृथ्वी राजमार्ग अन्तर्गत देउरा बजारबाट झोता तर्फ आइरहेको सु.प.प्र ०१००१ ह ४२८१ नम्बरको अटो पौडी बजार नजिकै चमनचौरमा दुर्घटना भएको हो। दुर्घटनामा केदारस्युँ गाउँपालिका-१ बस्ने अटो चालक ३२ बर्षिय दिल बहादुर बोहरा गम्भीर घाइते भएका छन्।
अटोमा सवार केदारस्युँ गाउपालिका वडा न ९ बस्ने ५१ बर्षिय डम्बर खातीलाई भने चोट पटक नलागेको अस्थायी प्रहरी पोष्ट झोताका प्रहरी बरिष्ठ हवल्दार कमान बहादुर कार्कीले बताए। उनका अनुसार गम्भीर घाइते भएका अटो चालक बोहरालाई उपचारको लगि केदारस्यूँ गाउँपालिका-१ देउरा लगिए पनि थप उपचारको लागि डडेल्धुरा रिफर गरिको छ । अटो सडकबाट करिब १० मिटर तल खसेको र दुर्घटनाको कारण भने खुलेको छैन।
बझाङमा अटो दुर्घटना हुँदा चालक गम्भीर घाइते
बझाङमा अटो दुर्घटना हुँदा चालक गम्भीर घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

