बैतडी। बैतडीमा अमेरीकन फौंजी किराको प्रकोप देखीएको छ। बैतडीको दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानमा मकैमा अमेरीकन फौंजी किराको प्रकोप देखिएपछि किसानहरु चिन्तित भएका छन् ।
Advertisement



गाउँपालिकाको वडा नं २, ४ र ५ मा अमेरीकन फौंजी किराको प्रकोप देखिएको किसानहरुले बताएका छन् ।दोगडाकेदार गाउँपालिकाका कृषि प्राविधिक रामबहादुर बिष्टले गर्मीका कारण मकैमा फौंजी किराको प्रकोप बढेको र बर्षा शुरु भएमा केही कम हुन सक्ने बताए। अमेरीकन फौंजी किराको प्रकोप देखिएका ठाउँमा औषधि सहित प्राविधिकहरु खटिएको उनले जानकारी दिए।
पछिल्ला केही बर्ष यता मकैमा अमेरीकन फौंजी किराको प्रकोप देखिन थालेपछि यसको उत्पादनमा समेत ह्रास आउने गरेको छ । अमेरीकन फौंजी किराको प्रकोप नियन्त्रणका लागि जैविक बिषादी र रासायनिक बिषादीको प्रयोग गर्न सकिने प्राविधिकहरुले बताएका छन् ।
Advertisement



Advertisement

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु