बाजुरा। बाजुरामा चरेश मुद्दाको फरार एक यूवक पक्राउ परेका छन । लागु औषध चरेश मुद्धाका फरार रहेका एक जना प्रकाउ परेका हुन्।
Advertisement



पक्राउ पर्नेमा फरार रहेको प्रतिवादी जिल्ला बाजुरा, गौमुल गाँउपालिका वडा नं.१ बस्ने बर्ष ३६ को राम बहादुर बोहरा रहेका छन। उनलाई सदरमुकाम मार्तडी वडा न ९ बाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बाजुरा जिल्ला अदालत, बाजुराबाट मिति २०७७ चैत्र २४ गतेको फैसलाले लागु औषध (चरेश) मुद्दामा ५ महिना ०२ दिन कैद र दुई हजार जरिवाना हुने ठहरी फैसला भएको थियो। अदालतले निज प्रतिवादीलाई सजाय भुक्तानको लागी जिल्ला कारागार बाजुरामा पठाईएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
Advertisement



Advertisement

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु