कैलाली। बैतडीबाट बेपत्ता भएकी युवतीको कैलालीको त्रिनगर नाकाबाट उद्धार गरिएको छ ।
Advertisement



गएको शनिबारदेखि बेपत्ता भएकी बैतडीकी युवतीको सीमा नाकाबाट उद्धार गरिएको हो। रोपाँई जान्छु भनि घरबाट हिँडेकी सिगास गाउँपालिका ८ की १८ बर्षीया सरस्वती बोहरा बेपत्ता भएकी थिइन् ।
घरपरिवारले दिएको हुलियाका आधारमा खोजी गर्दै जाँदा उनको कैलालीको त्रिनगर नाकाबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए। भारत तर्फ जान लागेकी सरस्वतीलाई विभिन्न संघसंस्थाको पहलमा उद्धार गरि प्रहरीलाई बुझाइएको थियो।
Advertisement



सरस्वतीलाई उनका श्रीमान रमेश बोहराको जिम्मा लगाइसकेको प्रहरी निरीक्षक जोशीले बताए । सरस्वती भारत जान लागेको कारण भने खुल्न नसकेको जनाइएको छ । रमेश र सरस्वतीले गएको चैतमा कञ्चनपुरबाट भागी विवाह गरेका थिए ।
Advertisement

Advertisement

Advertisement

Advertisement

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु