धनगढी। सुदूरपश्चिमकी उदीयमान गायिका दीपिका धानुकको पहिलो गीत सार्वजनिक भएको छ। बैतडी स्थायी घर भएकी १९ वर्षीया धानुकको आसन्न स्थानीय तहको निर्वाचन केन्द्रित चुनावी गीत सार्वजनिक भएको हो।
Advertisement


बिहीबार उनले आफ्नो ‘एमाले ल्याउनु छ’ बोलको चुनावी गीत सार्वजनिक भएको बताइन्। सानैदेखि गायनमा रुची राख्ने धानुकले यो आफ्नो पहिलो प्रयास भएको बताएकी छन्। गीतमा नेकपा एमालेको राजनीतिक इतिहास र लोकप्रियता समेटिएको छ।
Advertisement

हरिश धानुकको संगित तथा लय रहेको उक्त गीतमा दीपिका र गायक शेर विष्टको आवाज रहेको छ। यस्तै आगामी दिनहरुमा नयाँ फरक र सुदूरपश्चिमको संस्कृती झल्काउने गीतहरु समेत ल्याउने उनको भनाइ छ। धानुक कानूनको विद्यार्थी पनि हुन्। उनी कैलाली बहुमुखी क्याम्पसमा बिएएलएलबी प्रथम सत्रमा अध्यनरत छन्।
Advertisement


Advertisement

Advertisement

Advertisement

Advertisement

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु