कैलाली। कैलालीको अत्तरियामा दुई मोटरसाईकल एक आपसमा ठोक्किएका छन्। कैलालीको अत्तरियास्थीत गोदावरी नगरपालिका–२ मा दुई मोटरसाईकल आपसमा ठोक्किएका हुन्।
महेन्द्रनगर रोड गोदावरी पुल नजिकै सुपप्र ०१ ०१० प २८६ र से७ प ८७०२ नम्बरको मोटरसाईकल आपसमा ठोक्किएका हुन्। दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्। उनीहरुको परिचय खुलेको छैन । उनीहरुको सोही ठाउँको पद्मा अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ। दुर्घटना सम्बन्धी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


