बझाङ । बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । बझाङको खप्तड छान्ना गाउँपालिका वडा नं १ पौवागढि की ४१ वर्षिया मालती देवि खातीकोे घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।
उनी बिहान ७ बजे नास्ता खाएर घाँस काट्न गएकि र उनको आज दिउँसो करिब १२ बजे भिरबाट करिब २०० मिटर तल खसेर घटना स्थलमै मृत्यु भएको स्थानिय सुरेन्द्र खातीले जानकारी दिए। उनले मृतकको शव अहिले घरमै राखिएको र भोलि मात्रै दाहसंस्कार गरिने बताए ।खाती पौवागढी स्थित कल्याणकारी बहुउदेश्यि सहकारी संस्थाकि म्यानेजर हुन् ।