बझाङ। बझाङको जयपुथ्वी नगरपालिका र जलस्रोत डिभिजनमा भ्रस्टाचार गरेको जनगुनासोपछि बिप्लबका कार्यकर्ताले खानतलासी गरेको छ। जयपृथ्वी नगरपालिका र सिचाई तथा जलस्रोत डिभिजनमा व्यापक भष्टाचार भएको भन्दै जनगुनासो आएपछि नेपाल कम्युनिष्ट पार्टी (बिप्लब) बझाङले खानतलासी गरेको हो।
नगरपालिकाको कार्यालयमा गएर नेपाल कम्युनिष्ट पार्टी बझाङका सेक्रेटरी बिष्णु प्रकाश उपाध्याय, युवा अध्यक्ष किशोर थापा सहित नेकपाका कार्यकर्ताहरुले जनताको बिकास बजेटको खर्चबारे खानतलासी गरेको जनाएका छन् । जनताबाट आएका जनगुनासो टिपोट गर्दै ,सत्य तथ्य पत्ता लगाउदै दलालहरुलाइ निगरानी गर्दै आएको जनाएका छन्।
केही दिन अगाडि नेपाल कम्युनिष्ट पार्टी बिप्लबका कार्यकर्ताले बित्थड चिर गाउपालिका वडा नम्बर ८ मा वडा अध्यक्ष र सचिव मिलेर व्यापक भ्रस्टचार भएको हुदा वडाका सचिव र अध्यक्षलाई कालो मुसो दलिएको बताएका छन्। उक्त घटनालाइ एक साँकेतिक घटनामात्र र चेतनामुलक घटना मात्र भएको बताए। यस्ता अनैतिक क्रियाकलाप गरेपछि बिप्लब पार्टीले जुनसुकै बेला कार्बाहिको दायरामा ल्याउने जिल्ला सेक्रेटरी बिष्णु प्रकास उपाध्यायले बताए। भ्रष्टाचार गर्ने भ्रष्टाचारिलाई पानी मुनि गएपनि नछोड्ने ,जनतालाइ लुटेर ठगेर खाने दलालहरुलाई कुनै पनि हालतमा नछोड्ने चेतावनी समेत दिएका छन।

