धनगढी। मोवाइल व्यवसायीहरूले बर्दीसहित पसल छिरेर मोवाइल चोर्ने प्रहरीलाई कारबाही नभए कडा कदम चाल्ने चेतावनी दिएका छन्।


मोवाइल व्यवसायीहरूको संस्था नेपाल मोवाइल व्यवसायी महासंघ विज्ञप्ति जारी गर्दै घटनाप्रति ध्यानाकर्षण भएको बताएको छ । विज्ञप्तिमा सुरक्षामा खटिएका प्रहरीबाटै मोवाइल चोरिएको घटना अपत्यारिलो भएको र मोवाइल व्यवसायीहरू असुरक्षित भएको उल्लेख गरिएको छ ।

महासंघले चोरीमा संलग्न दोषीलाई तत्काल सार्वजनिक गरी कारबाही गर्न माग गरेको छ ।कारबाहीमा लापरबाही गरिए कडा कदम चाल्ने चेतावनीसमेत महासंघले दिएको छ। यही माघ ६ गते राति लागू औषध कारोबार भइरहेको सूचना पाएको भन्दै अप्रेशनका लागि ग्लोबल मोबाइल ग्यालरीमा छिरेका प्रहरीले मोवाइल चोरेको सीसीटीभी फुटेजमा देखिन्छ । चोरीमा संलग्न भएका हवल्दार हेमबहादुर माल र प्रहरी जवान भरत बुडाल प्रकाउ परिसकेका छन् । उनीहरु दुवै जना जिल्ला प्रहरी कार्यालयको टाइगर टोलीमा कार्यरत छन् ।यो हेर्नुहोस प्रेश बिज्ञप्ती यो हेर्नुहोस भिडीयो
सम्बन्धीत समाचार


धनगढीमा प्रहरीले मोवाईल ग्यालरीबाट मोवाईल चोरेको भिडियो सार्बजनिक (भिडियो सहित)
Advertisement
Advertisement![]()



