धनगढी। कैलालीको धनगढीमा रहेको ग्लोवल मोबाइल ग्यालरीबाट प्रहरीले नै मोबाइल चोरेको भिडियो सार्वजनिक भएको छ।
धनगढीस्थित ट्राफिक चोकमा रहेको ग्लोबल मोबाइल ग्यालरीमा एक प्रहरीले मोबाइल चोरी गरेको सीसी क्यामेराको भिडियो सार्वजनिक भएको हो। मोबाइल ग्यालरीबाट एक जना प्रहरीले मोवाईल चोरी गरेको पसल सञ्चालकले जानकारी दिए।
मोबाइलको खाली डब्बा देखेपछि सिसि टिभी क्यामेरा हेर्दा प्रहरीले नै मोबाइल चोर्दै गरेको देखेपछि कार्बाहीका लागी प्रहरीमा नै निवेदन दिएको पसल सञ्चालक सुवास रावलले जानकारी दिए। यताजिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले भिडियो सहित नै निवेदन आएपछि सोबारे छानबिन भइरहेको बताए। उनले घटना संलग्न प्रहरी हवल्दार होम बहादुर माल र प्रहरी जवान भरत सिंह बुडाललाई नियन्त्रणमा लिई चोरी मुद्दामा अनुसन्धान भैरहेको बताए । बिहिवार प्रहरीले उक्त मोवाईल ग्यालरीबाट लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको थियो।(भिडियो हेर्न यहाँ तल भिडियोमा क्लिक(Click)गर्नुहोस्)