धनगढी। कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन्। कैलालीको अत्तरियास्थित मोहनापुल–अत्तरिया ६ लेनमा २ मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जना गम्भीर घाइते भएका थिए। दुवै जनालाई उपचारका लागि पदमा अस्पतालबाट धनगढी ल्याउदै गर्दा १ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा गोदावरी नगरपालिका-१ चैतन्यपुरका १८ बर्षिय गणेश बलायर रहेका छन। उनको पदमा अस्पतालबाट धनगढी लैजाने तयार गर्दै गर्दा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । यस्तै सोही दुर्घटनामा घाइते भएका धनगढीका १९ बर्षिय अमङ्ग जंङ्ग ठकुरीको धनगढीमा रहेको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। शनिबार दिउँसो गोदावरी नगरपालिका-१ अन्तरगत अत्तरिया–धनगढी सडकमा से ५ प ७१९ र सु प प्र ०१० प ५८१५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए।