कैलाली। नेकपा एमाले कैलालीको नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । ६ सय ९ मतमध्ये ५ सय ९० मत खसेको निर्वाचन कमिटीले जनाएको छ । जसमा १९ जना भने अनुपस्थित रहेको जनाएको छ । कैलालीमा रतनबहादुर थापा र रणबहादुर चन्द प्यानलबीच प्रतिस्पर्धा छ । निर्वाचन समितिका अनुसार केहिवेरमा मतगणना गरिने जनाएको छ ।
थापाको प्यानलको उपाध्यक्षमा दुर्गादत्त जोशी, सचिवमा दानबहादुर बिक, सहसचिवमा रबिन्द्र चौधरी र मदनराज ओझा छन् । यसैगरी चन्द प्यानलको उपाध्यक्षमा सीताराम बुढाथोकी, सचिवमा डेजी पाण्डे, सहसचिवमा ममता चौधरी र लोकेन्द्र शाही उम्मेदवार छन् ।निर्वाचन समितिले सार्वजनिक गरेको नामावली अनुसार १५० पदमा ३२९ जनाको उम्मेदवारी परेको छ। १२ पदको खुल्ला पुरुषमा ५७ जनाको उम्मेदवारी छ।
खुल्ला तर्फ १२ महिला निर्विरोध निर्वाचित भएका छन्। भूगोलतर्फ निर्वाचन क्षेत्र नम्बर १ बाट २५, २ बाट ३१ जना, ३ बाट २० जना ४ बाट ३० र ५ बाट ३० जनाले मनोनयन दर्ता भएको छ। ५ वटै निर्वाचन क्षेत्रबाट भूगोल महिला ५/५ जनाका दरले २५ जना निर्विरोध निर्वाचित भएका छन् । जनजातितर्फ ३ पदमा ११ जनाको उम्मेदवारी छ। महिलातर्फ २ जना निर्वाचित भइसकेका छन्। दलिततर्फ ८ पदमा १७ जनाको उम्मेदवारी छ। राना थारुतर्फ ८ जनाको पदमा १५ जनाको उम्मेदवारी छ।
राना थारु तर्फ ५ महिला निर्विरोध निर्वाचन भएका छन्। पेसागत खुल्ला तर्फ १ पदमा २ जनाको उम्मेदवार छ। १ पदमा महिला निर्विरोध भएका छन्। मजदुरतर्फ पुरुष र महिला गरि ३ जना निर्वाचित भएका छन्। दलिततर्फ ८ जनामा १७ जनाको उम्मेदवारी छ भने महिलातर्फ ४ जनाको पदमा ९ जनाको उम्मेदवारी छ। अपाङ्गतर्फ १ पदमा ३ जनाको उम्मेदवारी छ । अल्पसंख्यकमा पनि १ जनाको पदमा ३ जनाको उम्मेदवारी छ।