काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आइतबार केन्द्रीय सदस्य र पदाधिकारी टुंग्याउने बताएका छन्।
बन्दसत्रमा सम्बोधन गर्दै प्रचण्डले निर्वाचनबाट जाँदा सबै खाले मनोविज्ञानको सम्बोधन गर्न नसकिने भएकाले सहमतिमै केन्द्रीय कमिटीमा रहने सदस्य र पदाधिकारी टुंग्याउने बताएको एक नेताले जानकारी दिए।
‘आज राति चिसोमा बसेर मतदान गर्नुभन्दा भोलि दिउँसो सहमतिमै टुंग्याउँछौं। भोलिसम्मको समय दिनुस्,’ प्रचण्डको भनाइ थियो। माओवादीको बन्दसत्र भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। आजै राति मतदान हुने भएको मतदान प्रक्रिया पनि स्थगित भएको छ।