काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बन्न नपाएका १० जनालाई कांग्रेसको केन्द्रीय सदस्यमा मनोनयन गरेका छन्।
देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा। नारायणबहादुर खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । रामचन्द्र पौडेल महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवार बनेका थिएनन् भने प्रकाशमान सिंह र विमलेन्द्र निधि सभापतिका उम्मेदवार थिए । उनीहरू पहिलो चरणमै पराजित भएका थिए ।
त्यसैगरी, विजय गच्छदार र सुजाता कोइराला उपसभापतिमा पराजित भएका थिए भने डा। प्रकाशशरण महत महामन्त्रीमा पराजित भएका थिए । नेपाली कांग्रेसको विधानको धारा २१ को उपधारा ९१०० बमोजिम उनीहरू पार्टी सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनयन गरेको पौडेलले बताए ।