डडेल्धुरा। हिमपातसँगै चिसो बढेपछि अमरगढी नगरपालिका डडेल्धुराले ६ दिन विद्यालय बन्द गरेको छ। नगरपालिकाले एक सूचना जारी गर्दै बुधबारदेखि २० गतेसम्म बिदा दिइएको जनाएको छ। नगर प्रमुख स्तरको निर्णय भएको र सामुदायिक र संस्थागत विद्यालय पनि बन्द गर्न अनुरोध गरिएको नगर प्रमुख विशेश्वरप्रसाद ओझाले जानकारी दिए।

तर, बुधबार भने विद्यालयहरू खुल्ला नै छन्। बिदाको निर्णय ढिलो गरी सार्वजनिक भएकोले बुधबार विद्यालय खुलेको एक शिक्षकले बताए। सदरमुकाम नजिकका वन जंगलहरूमा हिमपत भएपछि अमरगढीमा चिसो बढेको हो।


