डडेल्धुरा। डडेल्धुराको परशुराम नगरपालिका नजिकै अटो दुर्घटना भएको छ । अटो दुर्घटना हुँदा २ जना घाइते भएको जनाइएको छ । डडेल्धुराको परशुराम नगरपालिका–१२ पन्तुराबाट जोगबुडाका लागि छुटेको गणेश भण्डारीको अटो सिद्धाथान नजिक दुर्घटनामा परेको हो।
दुर्घटनामा स्थानीय बेलुदेवी कामी र पार्वती कामी घाइते भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जानकारी दिएको छ। घाइतेमध्ये बेलुदेवीको हात भाँच्चिएको र पार्वतीलाई सामान्य चोट लागेको छ। उनीहरूको जोगबुडा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।