धनगगढी । नेकपा एकीकृत समजवादी पाटीको सुदूरपश्चिम अध्यक्षको जिम्मेवारी विक्रमबहादुर शाहीले पाएका छन्। समाजवादीले डडेल्धुराका विक्रमबहादुर शाहीलाई पार्टीको स्थायी कमिटीको सातौं बैठकले प्रदेश अध्यक्षको जिम्मेवारी दिएको हो । त्यस्तै रामकुमार ज्ञवाली, निरा जैरु र प्रेम आलेलाई सहइञ्चार्जको जिम्मेवारी दिइएको छ।
यस्तै प्रदेशका ९ जिल्ला इन्चार्जको पनि टुंगो लागेको छ । जिल्ला अध्यक्षमा दार्चुलामा नरेन्द्र बिष्ट, बैतडीमा परमानन्द भट्ट, डडेल्धुरामा नरबहादुर बिष्ट, कञ्चनपुरमा लालबहादुर खड्कालाई इञ्चार्ज तोकिएको छ।
यस्तै कैलालीमा दीर्घ सोडारी ९प्रदेश कमिटी उपसचिव समेत०, डोटीमा हर्कबहादुर सिंह ९प्रदेश कमिटी उपाध्यक्ष समेत०, बझाङमा दिलबहादुर सिंह, अछाममा शेरबहादुर कुँवर ९प्रदेश कमिटी उपाध्यक्ष समेत० र बाजुरामा हिक्मत जङ्ग शाहीलाई जिल्ला इञ्चार्जको जिम्मेवारी दिइएको छ।