कैलाली। नेकपा माओवादी केन्द्रको सुदुरपश्चिम कमिटीले पुर्णता पाएको छ । माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सुदुरपश्चिम कमिटीको टुंगो लगाएको हो।
माओबादी केन्द्रको सुदूरपश्चिम प्रदेशको अध्यक्षमा अछामका शरद सिंह भण्डारी चयन भएका छन् । प्रदेश सचिवको जिम्मेवारी भने कंचनपुरका देवीलाल चौधरीले पाएका छन्। भण्डारी बादल समुहसंगै माओवादी केन्द्रमा फर्केका नेता हुन । उनि पुर्व सांसद समेत हुन । चौधरी पनि संविधानसभाका सदस्य निर्वाचित भएका थिए।
माओवादी केन्द्रको सुदुरपश्चिम प्रदेशको सह–इन्चार्जमा नेपबहादुर चौधरी, लक्ष्मणदत्त जोशी, विना मगर, बिरमान चौधरी र त्रिलोचन भट्टले जिम्मेवारी पाएका छन्। माओवादीले जिल्ला इन्चार्जको पनि टुंगो लगाएको छ । जसअनुसार डडेल्धुरामा जगत पार्की,डोटीमा शिवसिंह ओली र अछाममा झपट साउदलाई जिम्मेवारी दिइएको छ ।सुची सहित हेर्नुहोस यहाँ –माओवादी केन्द्रको निर्णय अनुसार जिम्मेवारी पाउनेहरु….
प्रदेश नं १ -सचिव हेमराज भण्डारी
प्रदेश नं २– अध्यक्ष प्रल्हाद बुढाथोकी
प्रदेश नं २ -सचिव जोग कुमार बरबरिया यादव
वागमति प्रदेश – सचिव अञ्जना बिशंखे
गण्डकी प्रदेश – सचिव देवेन्द्र पराजुली
सुदूरपश्चिम प्रदेश – अध्यक्ष शरदसिंह भण्डारी
सुदूरपश्चिम प्रदेश – सचिव देवीलाल चौधरी
सुदूर पश्चिम प्रदेशमा जिम्मेवारी पाउनेहरु
सह-इञ्चार्जहरु – नेपबहादुर चौधरी, त्रिलोचन भट्ट, विना मगर, वीरमान चौधरी
अध्यक्ष – शरदसिह भण्डारी
सचिव – देवीलाल चौधरी
प्रवास समन्वय समिति – सहइञ्चार्ज लक्ष्मण पन्त
जिल्ला इञ्चार्जहरु
डडेल्धुरा – जगत पार्की
डोटी – शिवसिंह ओली
अछाम – झपट साउद