धनगढी। नेकपा (एकीकृत समाजबादी ) धनगढी उप–महानगर कमिटी धोषणा गरिएको छ । मंगलबार धनगढीमा भएको प्रथम भेलाले मदन रेग्मीको अध्यक्षता सहितको १ सय १ सदस्यीय कमिटीको घोषणा गरेको हो ।
जसको उपाध्यक्षमा रोजि बस्नेत, रामनिवास राना, रण बहादुर हौजाली मगर र युवा संघका प्रदेश अध्यक्ष बाबुराजा श्रेष्ठ सचीवमा चयन भएका छन् भने सह–सचिवमा सह–लक्ष्मी चौधरी र तुलाराम खनाल चयन भएका छन्। पुर्नःगठित कमिटीलाइ नेकपा (एकीकृत समाजबादी)केन्द्रीय कमिटी सद्स्य माया भट्ट ले सपथ गराएकी थिइन्।
कार्यक्रम केन्द्रिय सद्स्य तथा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री पुर्णा जोशी, कैलाली जिल्ला अध्यक्ष तथा भौतिक पुर्बाधार बिकास मन्त्री दीर्घ सोडारी, नेता हनुमान चौधरी, दिनेशच्न्द्र सुबेदी, नवराज जोशी, लक्ष्मण कुवर, जिल्ला सचीव बिमलकुमार जोशी , अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष युवराज कुवंर, मुक्ति मोर्चा कैलाली अध्यक्ष चक्र बिक लगाएतकाले सुभकामना मन्तब्य राखेका थिए। जिल्ला उपाध्यक्ष कलावती जोशीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जिल्ला कमिटी सचिवालय सदस्य दीर्घ जोशीले गरेका थिए ।





