डडेल्धुरा। डडेल्धुरामा कांग्रेसको बृहत् कार्यकर्ता भेलामा झडप भएको छ। कांग्रेसका दुई पक्षबीच आइतबार दिउँसो झडप भएको हो। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसकै दुई पक्षबीच झडप भएको जनाइएको हो। झडपमा परि आधा दर्जनजति कार्यकर्ता सामान्य घाइते भएका छन्।
केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा. शेखर कोइराला र गुरुराज घिमिरे सहभागी कार्यक्रममा झडप भएको हो। भेलामा कार्यक्रम भइरहेका बेला देउवा पक्षले कालो झण्डा देखाउन खोज्दा र हस्तक्षेप गर्न खोजेपछि झडप भएको बताइएको छ। झडपपछि पनि कार्यक्रम भने जारी रहेको छ। जिल्ला सभापति कर्णबहादुर मल्ल र देउवाबीच बेलाबेलामा झडप हुँदै आएको छ ।

डडेल्धुरामा कांग्रेसका दुई पक्षबीच झडप, आधा दर्जन कार्यकर्ता घाइते
डडेल्धुरामा कांग्रेसका दुई पक्षबीच झडप, आधा दर्जन कार्यकर्ता घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

