धनगढी। नेपाली कांग्रेस कैलालीका क्रियाशील सदस्यहरुको नामावली मंगलवार राति सार्वजनिक गरेको छ। लामो समयको रस्साकस्सीपछि मंगलबार कांग्रेस कैलालीका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरिएको हो ।
केन्द्रीय निर्वाचन समितिले कैलालीका क्रियाशील सदस्यहरुको नामावली वेबसाइटमा प्रकाशित गरेको नेपाली कांग्रेस कैलालीले जानकारी दिएको छ। १४ औँ महादिवेशन अन्र्तगत सुदूरपश्चिमका आठ वटा जिल्लामा वडा र नगर अधिबेशन सम्पन्न भैसक्दा पनि कैलालीमा क्रियाशील सदस्यको विवादले नामावली सार्वजनिक हुन सकेको थिएन ।
अब भोलि निर्वाचन अधिकृत आउने र त्यसपछि वडा अधिवेशनबारे टुंगो लाग्ने कांग्रेस कैलालीले जनाएको छ । प्रदेशको स्थायी राजधानी समेत रहेको कैलालीलाई बिषेश चासोका साथ हेरिएको छ ।नेपाली कांग्रेसको १४ औ महाधिवेशनको देशै भरी यति खेर निकै सरगर्मी बढिरहेको छ।
नेपाली काँग्रेस कैलालीको सार्वजनिक गरिएको नामावली नेपाली काँग्रेसको वेवसाईट नेपाली कांग्रेस कैलाली मा राखिएको छ । http://www.nepalicongress.com/ साईट लग ईन गरेर सुदूरपश्चिमको कैलाली भित्र प्रवेश गर्नुपर्नेछ । कैलालीको प्रतिनिधि सभा निर्बाचन क्षेत्र भित्र जानु पर्नेछ भने त्यहाँभित्र गएर प्रदेश निर्वाचन क्षेत्र छान्नु पर्नेछ । त्यसभित्र पनि पालिकाभित्र प्रवेश गर्नुपर्नेछ । पालिका भित्र गएपछि वडा नम्बर भित्र प्रवेश गर्नुपर्नेछ । यसरी वडा अनुसार क्रियाशिल सदस्य हेर्न सकिन्छ । क्रियाशिल सदस्य भित्र पनि नविकरण र नयाँ भन्ने अप्सन राखिएको छ । पुरानो सदस्यहरुको सूचि हेर्नेले नविकरण छान्नु पर्नेछ । र नयाँ हेर्ने चाहनेले नयाँ भन्ने अप्सन रोज्नु पर्नेछ।


