कञ्चनपुर। शुक्लाफाँटा नगरपालीकाले वडा नम्बर ८ का वडा अध्यक्ष बहादुर सिँह महरालाई कानुनी कार्बाही गर्ने भएको छ । असोज ६ गते आह्वान गरेको ११४ औँ कार्यपालीका बैठकमा वडा नम्बर ८ का वडा अध्यक्ष एवं कार्यपालीका सदस्य समेत रहेका महराले नगरपालीकाको निर्णय पुस्तिका च्यातेका थिए। नगरपालीकाले सोमबार बिज्ञप्ती निकाली शुक्लाफाँटा नगरपालीकाको असोज ६ गतेका दिन बस्ने तयारीमा रहेको ११४ औँ कार्यपालीका बैठकमा वडा नम्बर ८ का अध्यक्ष एवं कार्यपालीका सदस्य बहादुर सिँह महराले कार्यपालीकाको ११२ औँ देखी ११३ औँ बैठकको निर्णय र ११४ औँ बैठकको उपस्थीतीसहितको निर्णय पुस्तिकाको पुर्वाग्राही ढंगले पाना ५ थान च्यातेको घटनाप्रती शुक्लाफाँटा नगरपालीकाको गम्भिर ध्यानाकार्षण भएको जनाएको छ ।
वडा अध्यक्ष तथा कार्यपालीका सदस्य जस्तो गरिमामय पदमा रहेका ब्यक्तीले बैठकमा फरक मत राख्न तथा बिमती राख्न तथा बिमती जनाउन सक्ने कानुनी प्रावधान हुँदाहुँदै पनी गैरजिम्मेवारपुर्ण र गैरकानुनी ढंगले प्रस्तुत भइ नगरपालीकाको दस्ताबेजलाई च्यात्ने कार्य कानुन हातमा लिनु सरह रहेकाले निजलाई कानुन बमोजिम कारवाही अगाढी बढ्ने निर्णय गरिएको शुक्लाफाँटा नगरपालीकाका नगर प्रबक्ता कमलराज गिरी द्धारा हस्ताक्षर बिज्ञप्तीमा उल्लेख गरिएको छ ।