धनगढी : कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पुर्ब मन्त्री नारदमुनी रानाले आफ्नो क्षेत्रको बिकासका लागी थुप्रै योजना हालेको एमालेका युवा नेता एस बी महराले दावी गरेका छन् । पुर्ब मन्त्री रानाका स्वकिय अधिकृत समेत भएका महराले नादरमुनी रानाको योजनामा धनगढीका मेयर नृप बहादूर वडले मेरो योजना भन्दै दावी गर्नु गलत भएको बताए ।
टेलिभिजन अन्तरवार्तामा मेयर वडले संघिय सरकारबाट कुनै ठुला योजना नआएको भनेर दिएको प्रतिक्रिया गलत भएको महराले दावी गरे । मेयर सापले संघिय सरकारबाट ३ बर्षे अवधीमा कुनै ठुला योजना आएनन भन्नुभाछ बिगतको काग्रेंस नेतृत्वको सरकारका पालामै आएका योजनाहरु मात्र सम्पन्न भएका हुन भन्नुभाको छ उनले भने ‘माननिय नारदमुनी रानाले यत्रो बजेट हालेर धेरै योजना निर्माणाधिन छन् धेरै निर्माण भइसकेका छन् तर मेयर सापले माननियले कुनै योजना हाल्नुभाको छैन भन्नुभाछ भएका कामपनि मैलेनै गरे भनेर झुट बोल्नु त गलत हो नी ।’
उनले भने ‘२०७२ सालमा नेकपा (एमाले )को सरकारका प्रधानमन्त्री के.पी शर्मा ओली हुदा शहरी विकासको अवधारणा अनुसार देशै भरिबाट धनगढी उप महानगरपालिका सहित २० वटा शहरबाट शुरु भएको सघन शहरी कार्यक्रमले नै धनगढीमा ११० कि मी कालोपत्रे सडक र नाली निर्माण भएका भइरहेका छन् ।’ धनगढी उप महानगरपालिका वडा नम्बर ८ को सिटि हल, फुलबारीको ज्येष्ठ नागरिक भवन, जडिबुटी प्रशोधन केन्द्र, कोल्ड स्टोर लगायतका योजना माननिय नारदमुनी रानाले हाल्नुभएको हो उनले भने ‘क्षेत्रिय सहरी बिकास देखी मोहना अत्तरिया सडकका लागी बजेटपपनि ओलीनै प्रधानमन्त्री हुँदा परेको हो यस्तै धनगढी नमुना प्राविधिक विद्यालयको नमुना तिनवटा ठुला भवन ,राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम बाट १४ वटा विद्यालयमा भवन निर्माण ,१२ वटा विद्यालयमा कम्प्युटर ल्याब नारदमुनी रानाकै योजनामा बनेका हुन् ।’
फुलवारी बहुमुखी क्याम्पस पर्खाल र कैलाली बहुमुखी क्याम्पसको परिक्षा हल पनि रानाकै पहलमा बनेको महराले दावी गरे । खुटियापुल देखि उर्मा भादा गदरिया सडक,पच्चीस घर फुलवारी गदरिया सडक,गदरिय बनकट्टा सडक टेण्डर भएको बाटो बर्तमान सरकारले काटेको छ उनले भने ‘खुटिया नदि र मोहना नदिमा जनताको तटबन्धको कार्यक्रमको टेण्डर २०७७ सालमा टेण्डर भैसकेको छ ।यो बर्षबाट निर्माण हुदैछ यो पनि रानाकै पहलमा योजना आएका हुन् ।’
महराले भने ‘ निर्वाचन क्षेत्र विकास कोष मात्रै सासदको बजेट होईन ,संघिय सरकारका सबै मन्त्रालयगत योजना संघिय सांसदको पहल बिना सम्भव नै हुदैन । म संगै गएको छु राना संग धनगढीमा आएका सबै योजना रानालेनै हालेका हुन् ।’ यस्तै धनगढी उप–महानगरपालिका वडा नं ३ नेतुवा तालमा वाटर पार्क निर्माणका लागी साढे १० करोड बढिको योजना संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट निर्णय संघिय सांसदको पहलमा आएको महराले दावी गरे ।
धनगढी उप–महानगरपालिका वडा नं १३ राजपुरमा निर्माण भैरहेको रानाथारु सांस्कृतिक संग्रहालयमा १० करोड बढीको आयोजना रानाकै पहलमा भएको उनले बताए । नगरका योजनालाई नगरका र संघका योजनालाई संघका भनेर सबै जनतालाई स्पस्ट गर्नुपर्नेमा उनको जोड थियो ।