धनगढीः नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलको प्रमुख सचेतकमा दुर्गा विक चयन भएकी छन्। बिहीबार संसदीय दलको बैठकले विकलाई प्रमुख सचेतक चयन गरेको हो।
संसदीय दलका नेता दीर्घबहादुर सोडारीले विकलाई दलको बैठकको निर्णयका आधारमा बिहीबार नै प्रमुख सचेतकमा नियुक्त गरेका छन् । बैठकले संसदीय दलको कार्यालय समेत स्थापना गरेको छ ।
सबैभन्दा ठूलो दलको हैसियतमा तत्कालीन नेकपा र पछि नेकपा एमालेले प्रयोग गर्दै आएको प्रदेशसभा सचिवालय परिसरमा रहेको भवनमै कार्यालय स्थापना गरिएको हो । अहिले एकीकृत समाजवादी १४ सांसदसहित प्रदेशसभामा सबैभन्दा ठूलो दलका हैसियतमा छ।