धनगढी। धनगढीमा एमसीसी खारेजको माग गर्दै विरोध प्रर्दशन गरिएको छ ।
राष्ट्रिय स्वाधीनता, सार्वभौम सत्ता र भौगोलिक अखण्डताको रक्षाको लागि राष्ट्रघाती एम सी सी सम्झौताको पूर्णरूपमा खारेजीको माग गरेका छन् । एमसीसी खारेज अभियान, भेला आयोजक समिति सुदूरपश्चिम दिइएको युवाहरुको सञ्जालले उक्त अभियान सुरु गर्दै धनगढीको पार्कमोड देखी मुख्यमंत्री कार्यालयसम्म विरोध जुलुससहित मुख्यमन्त्री कार्यालय अगाडी विरोध प्रर्दशन गरेका हुन् ।
राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, एमसीसी सम्झौता खारेज गरौँ भन्दै चर्को नारा लगाएका थिए । उनीहरूले राष्ट्रिय स्वाधीनता, सार्वभौम सत्ता र भौगोलिक अखण्डताको रक्षाका लागि राष्ट्रघाती एससीसी पूर्ण रुपमा खारेज गर्न अभियान गरेका हुन्। देशको रक्षार्थ सबैले त्यस्को बिरोघ गर्न आह्वान समेत गरिएको छ।