धनगढी, २१ भदौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा कैलालीका स्थानीय तहका थप १८ जनाले सनाखत गरेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका उपमेयर प्रेमा कुमारी थापा सहीत वडाध्यक्ष टेक बहादुर बुढा, धन बहादुर बम , कार्यपालिका सदस्य रति कामी र वडा सदस्य लक्ष्मीरुद्र न्यौपानेले सनाखत गरेका हुन्।
यस्तै लम्कीचुहा नगरपालिकाबाट वडाध्यक्ष पुर्ण विष्ट, कार्यपालिका सदस्य भुमीसरा उपाध्याय, र भिमा चौधरीले दस्तखत गरेका छन । यसैगरी भजनी नगरपालिका कार्यपालिका सदस्य टिकाराम भण्डारीले समेत आजै दस्तखत गरेका छन ।
यस्तै गौरीगंगा नगरपालिका ७ का वडाध्यक्ष दलबहादुर कुमाल सहित वडा सदस्य ताराप्रसाद थापा, सरस्वती देवी थारु र ३ नम्बर वडाका वडा सदस्य भागिदेवी साउँदले पनी आजै सनाखत गरेका छन् । धनगढी उपमहानगरपालिका सदस्य ओम चन्दले पनी समावादीमा सनाखत गरेका छन् । यसरी कैलालीका ५२ जनप्रतिनिधिले एमाले छाडेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।
आइतबार सम्म ३२ जना स्थानीय जनप्रतिनिधीले सनाखत गरेका थिए भने सनाखत गर्नेको कुल संख्या अहिले ५२ पुगेको एकीकृत समाजबादी कैलालीका नेता विमल जोशीले जानकारी दिए । जोशीका अनुसार सनाखत गर्नुपर्ने अन्तीम दिन मंगलबार अधिकांश जनप्रतिनिधीले सनाखत गर्नेछन् ।