कैलालीको धनगढी उप महानगरपालिका वडा नम्बर ३ का वडा सदस्य ओम बिक्रम चन्दले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका छन्। स्थानिय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित चन्दले आज प्रदेश निर्बाचन कार्यालय धनगढी पुगेर समाजबादीको पक्षमा सनाखत गरेका हुन ।
आजै गोदावरी जगरपालिकाकी नगरपालिकाकी उपप्रमुख रत्ना कडायत , वडा नम्बर ५ का वडा अध्यक्ष कर्ण बोहरा, वडा सदस्य कमल सिं राना , वडा नं ६ का वडा सदस्य धन बहादुर खड्का , वडा नं ३ की सदस्य रामपत्ति चौधरीले समाजबादी रोजेका छन् । आजै ३ भौतिक पुर्वाधार बिकास मन्त्री दीर्घ सोडारी सहित ३ जना सांसदहरुलेपनि समाजबादीमा सनाखत गरेका हुन् ।