कैलाली। राष्ट्रिय जनमोर्चा कैलालीले आज प्रथम जिल्ला भेला कैलालीको अत्तरियामा सप्पन्न गरेको छ । राष्ट्रिय जनमोर्चा कैलालीले ऐतिहासिक प्रथम जिल्ला भेला अत्तरियामा सप्पन्न गरेको जनाएको छ। भेलाले ३५ सदस्यीय जिल्ला समिती पनी चयन गरेको छ। समितिको अध्यक्षमा तिलक परियार चयन भएका छन् ।
यस्तै उपाध्यक्षमा गोरबहादुर बि क, सचिवमा कृष्ण बि क, सहसचिवमा मनिराम धामि, कोषाध्यक्षमा बिक्रम विश्वकर्मा चयन गरिएका छन् । यस्तै सचिवाल सदस्यहरूमा धनीराम आचार्य,कृष्ण प्रसाद चौधरी, उमेश कडेल, यम नारायण पोखरेल, बिमल साउंद र टीका नेपाली चयन भएका हुन् ।
सदस्यहरुमा नेत्र साउद, खगेन्द्र बुढा, धर्म राज जोशी ,बिजया अधिकारी,मन्जु गुरुङ्ग, मंगला चौधरी , तुल्सिराम चौधरी, अमृत धामी ,हर्क सार्की, यकेन्द्र कंडेल , रत्ना बि क,चन्द्रभान आउजी, दुर्गा प्रसाद भट्ट ,स्रमिका चौधरी ,छ्त्र बि क, सुभास बि क, पूर्ण प्रसाद रिजाल,लक्ष्मण कंडेल ,बाजी बी क ,कित्थी बि क, तिलक कंडेल, टीका देबि भुल,कल्पना यैर र ध्रुब शाह रहेका छन् ।
यस्तै भेलामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज लालबहादुर जाग्री ,प्रदेश अध्यक्ष लोकेन्द्र लम्साल पर्देश सचिव लक्षीराम आचार्य प्रदेशःसहसचिव हुकुम सावद अखिल (छैठौं) का महासचिव महेश जोशी,जातिय समता समाजका उपाध्यक्ष गोविन्द विक ,रक्तिम का केन्द्रिय सदस्य लक्ष्मी रिजाल, अखिल( छैठौं) का प्रदेश अध्यक्ष उमेश कडेल,सदस्री पुष्कर भट्ट ,कैलाली अध्यक्ष जनक आचार्य ,अखिल नेपाल युबक संघका प्रदेश अध्यक्ष धनिराम आचार्य , जनमोर्चा नेताहरु गोर बहादुर बि क र कृष्ण प्रसाद चौधरी लगायतले संबोधन गरेका थिए।
तिलक परियारको अध्यक्षता बिक्रम विश्वकर्माको सञ्चालन र कृष्ण बि क को स्वागत मन्तव्यबाट अगाडि बढेको कार्यक्रममा रक्तिमका केन्द्रिय सदस्य लक्ष्मी प्रसाद रिजालले सांगीतिक स्वागत गरेको जनाइएको छ ।