धनगढी। नेपाली काँग्रेसको वडा स्तरको अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।
भदौ १८ गतेदेखि सुरु हुने भनिएको वडा स्तरको अधिवेशन जिल्लमा हालसम्म क्रियाशिल सदस्यको नामावली उपलपब्ध नभएको भन्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको नेपाली काँग्रेस कैलालीका सभापति नर नारायण शाह (मनु) ले बताए ।
नेपाली काँग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत भदौ १८ गतेदेखि वडा स्तरको अधिवेशन हुने भएको थियो ।