धनगढी। नेपाली कांग्रेसकी नेतृ एवम् प्रथम महिला डा.आरजु राणा देउवा धनगढी पुगेकी छिन्। सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा मनाउन नेतृ देउवा आज दिउसो धनगढी पुगेकी हुन्। गौरा मनाउन आरजु राणा देउवा आज दिउँसो २ः५ बजे बुद्ध एयरको विमानबाट धनगढी आएकी हुन् ।
धनगढीमै घर किनेपछि उनले तीन वर्ष यता गौरापर्व यहिँ मनाउँदै आएकी छन्। आइतबार दिउँसो धनगढी पुगेकी आरजुले धनगढीस्थित निवासमा गौरा भित्र्याएकी छिन् । ‘ठूली गौरा’ भनिने आजको दिनलाई ब्रतालु महिलाहरुले विशेष रुपमा लिने गरेका छन्। ब्रतालु महिलाहरुले बिहानै नुवाइधुवाइ गर्छन्। साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन छ।