निर्मल रैका, धनगढी। नेपाली कांग्रेस कैलालीको नेपाल शिक्षक संघ जानकी गाउँपालिकाकार्य समितीको आयोजनामा असल नेतृत्व बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कैलाली कांग्रेसको जानकी गाउँपालिकामा आज आफ्ना कृयाशिल सदस्य माझ कैलाली काँग्रेसको समन्वयमा नेपाल शिक्षक सघ जानकी गाउँपालिका कार्य समितीले अन्तरक्रिया कार्यक्रम गरेको हो । उक्त अन्तरक्रिया कार्यक्रममा बोल्ने नेताहरुले अबको कांग्रेसको नेतृत्वमा सक्षम ईमानदार पाटीलाइ परिचालन तथा गतिशिल गर्न सक्ने नेतृत्वमा आउनु पर्ने कुरामा जोड दिए।
नेपाली काँग्रेस, जिल्ला कार्य समिति कैलालीको श्रावण २१ गते बसेको बैठकले आसन्न्न १४ औं राष्ट्रिय महाधिवेशनलाइ लक्षित गरि भातृ एबम शुभेच्छुक सस्थाले प्रचारात्मक कार्यक्रम गर्नुपर्ने निर्णय अनुसार अन्तरक्रिया कार्यक्रम गरिएको नेपाली काँग्रेस, जिल्ला कार्य समिति सदस्य निर्प सुनारले जानकारी दिए। उक्त निर्देशन बमोजिम नेपाली कांग्रेस कैलालीको नेपाल शिक्षक सघ जानकी गाउँपालिका कार्य समितीले असल नेतृत्व बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
नेपाली काँग्रेस कैलालीमा आसन्न्न १४ औं महाधिवेशनलाइ लक्षितगरि नेता तथा कार्यकर्ताले विभिन्न पदमा आ आफ्नो दाबी प्रस्तुत गरिरहेका छन । भने नेपाली काँग्रेस कैलालीमा आसन्न्न १४ औं महाधिवेशनलाइ लक्षित गरि वडा क्षेत्र तथा गाउँपालिकामा भोट माग्ने तथा सहयोग गर्न नेता घर दैलोमा पुग्ने कार्य तिव्र रुपमा बढेको छ । असल नेतृत्व बिषयक अन्तरक्रिया कार्यक्रम पुर्ब क्षेत्रीय सभापति सुर्य बटाला, जिल्ला सदस्य पर्शुराम महतो, शुभनाथ देवकोटा, गाउँपालिका सभापती लक्ष्मी प्रसाद देवकोटा, जानकी गाउँपालिका अध्यक्ष प्रदिप चौधरी, झनक थापा, शिक्षक सघका जिल्ला सचिब कर्ण कुवर, वीर बहादुर रोकाया, भक्तराज देवकोटा,नवराज उपाध्याय र गणेश रेग्मी लगायतको सहभागी रहेको थियो ।