धनगढी। धनगढी १२ हिक्मतपुर शिबिरमा नेपाली कांग्रेसको नेपाल महिला संघको टोल कमिटी गठन गरिएको छ । धनगढी उपमहानगरपालीका १२ हिकमतपुर शिबिरमा नेपाली कांग्रेसको नेपाल महिला संघको टोल कमिटी गठन आज गरिएको हो।
संघले कृष्णादेवी चौधरी अध्यक्ष सहित ११ सदस्यीय कार्यसमिति सर्वसम्मतिले चयन गरेको महिला संघले जनाएको छ । महिला संघको वडा नम्बर १२ शिबिरमा नेपाल महिला संघ नगरसभापति जागृति बोगटीको अध्यक्षतामा बैठक बसी टोल कमिटी गठन गरीएको हो ।यस्तै कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिमा नारायण भट्ट, नगरकार्यसमितिका सदस्य तथा टोल कमिटीका अध्यक्ष र क्रियासिल सदस्यहरुको सहभागिता रहेको थियो ।
नेपाली कांग्रेसको नेपाल महिला संघको टोल कमिटी गठन गर्दै ११ सदस्यीय कार्यसमितिको अध्यक्षमा कृष्णादेवी चौधरी,उपाध्यक्षमा सुग्रती चौधरी सर्वसम्मतिले चयन भएका छन् । यस्तै कोषाध्यक्षमा प्रेम कुमारी चौधरी, सचिबमा प्रमिला चौधरी, सह सचिबमा सरस्वती देबी चौधरी चयन भएका हुन् । यस्तै सदस्यमा रिसु चौधरी,किसमती चौधरी,सोनिया चौधरी, लक्ष्मी चौधरी,आशा चौधरी तथा वाल देबी चौधरीको कार्यसमिति सर्वसम्मतिले चयन गरिएको छ ।