धनगढी। नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य बिरभान चौधरीले लेखराज अहिले व्यक्तिगत स्वार्थमा लागेको बताएका छन । माओवादी केन्द्र गोदावरी नगर कमिटीले बिहिबार कैलालीको अत्तरियामा आयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै चौधरीले लेखराज भट्ट पदका पछाडी दैडिने व्यक्ति भएको बताउँदै निजि स्वार्थकालागि केपी ओलीको पाटीमा लागेको आरोप लगाएका हुन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य चौधरीले पाटी थुप्रै नेता कार्यकर्ताको त्याग, तपस्या र जनताको बलिदानवाट अगाडी बढेपनि अहिले पदको लोभमा भट्ट अर्कोतिर लागेकाले अन्य कार्यकर्तालाई उनको पछाडी नलाग्न आग्रह गरे । सुदूरपश्चिम प्रदेश सभा सांसद समेत रहेका चौधरीले भने ‘अहिले लेखराजको वास्तविकता देखिएको छ ।’ आफूलाई पनि लेखराज भट्टले बिभिन्न पद देखाएर प्रलोभनमा पारेको भएपनि आफू स्वार्थका पछाडी नलागेको उनले भनेका छन्।
चौधरीले भने-‘सुदूरपश्चिमको हरेक नियुक्ती गर्दा लेखराज भट्टको चल्थो । माओवादीबाट ४/४ पटक मन्त्री पनि भए‘ अब लेखराज भट्टको चुनावमा कैलाली क्षेत्र नम्बर ४ बाट जित्ने सम्भावना नै छैन । अब उनले जित्ने सपना नदेखे हुन्छ ।’भट्टले आफ्नो निजि स्वार्थका लागि मलाई दुई प्रस्ताव राखे, एउटा हामी छुट्टै क्षेत्रिय पाटी बनाउ तपाई महासचिब म अध्यक्ष भने, अर्को तपाईलाई मुख्यमन्त्री बनाउछु , केपी ओलीलाई मनाउने मेरो जिम्मा भन्दै तिन महिना सम्म ताकेता गरे । तर मैले हुन्न भनेर मानिन, उनले भने- केपीको आर्शिवादले मलाई मुख्यमन्त्री चाहिएको छैन, म आफ्नै सर्वाहार पाटीले जुनसुकै जिम्मेवारी दिन्छ त्यो सम्हाल्न तयार छु । उनले आफूहरुले लेखराज भट्टले जे-जे भने त्यो मान्ने गरेको भएपनि अन्तिममा आएर प्रचण्डले भिम रावललाई नेता बनायो भन्ने आरोप लगाएर पार्टी छोडेको बताए ।
उनले अब नेकपा माओवादी केन्द्र गोदावरीमा लेखराज बिनै पनि सशक्त भएर अगाडी बढ्ने बताए । लेखराज भट्टले माओवादी छोडेपछि पुरै सुदूरपश्चिका माओवादीहरु लर्को लाग्छ भन्ने सोचेपनि त्यो सम्भव नरहेको उनको भनाई थियो । यस्तै कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र कैलालीका जिल्ला अध्यक्ष लाल बहादुर सोराडीले माओवादीलाई कमजोर बनाउन बिभिन्न सडयन्त्र भईरहेकाले त्यसबाट बिचलिन नहुन आग्रह गरे । ‘मैले सुनेको छु । अहिले धम्क्याईरहेका छन रे । कार्यक्रममा गईस भने खबरदार भन्छन रे’ उनले भने ‘के यो लेखराजको बाउको पार्टी हो त माओवादी केन्द्र । यो हामी सबैको पार्टी हो । यो प्रचण्डको पनि पार्टी होईन ।’ उनले एजेण्डाका आधारमा माओवादी पार्टी अगाडी बढेकाले एजेण्डा पुरा गर्न अझै लाग्नुपर्ने बताए । उनले लेखराज बिचैमा काम गर्न नसकेर भागेकाले उनका पछि नलाग्न कार्यकर्तालाई आग्रह गरे । ‘गोदावरी सुदूरपश्चिमकै मुख्य ठाउँमा भएकाले यहाँ माओवादीको सशक्त संगठन चाहिएको छ’ ।‘अब हामीले जोडदार ढंगले अगाडी बढ्नु पर्छ,’उनले भने ।