काठमाडौं । नेकपा एमाले विभाजन भएर बनेको नयाँ पार्टी दर्ताका लागि नेता झलनाथ खनालले भारतको नयाँदिल्लीबाटै सनाखत गरेका छन्। माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)पार्टीको दर्ता लागि निर्वाचन आयोगले बुधबार सनाखत गर्न बोलाएको थियो।
नेता नेपाल पक्षीय अरू नेताहरू निर्वाचन आयोग पुगेर सनाखत गरे पनि नयाँदिल्लीमा उपचार गराइरहेका खनालले उतैबाट सनाखत गरेका हुन्। नेकपा एसमाजवादीका नेता जगन्नाथ खतिवडाले खनालको सनाखत दिल्लीबाट भएको जानकारी दिए। उता एमाले अध्यक्ष केपी शर्मा ओलीले भने यसरी व्यक्ति उपस्थित नभई गरिएको सनाखत मान्य नहुने बताएका छन्। तुलसीलाल अमात्य प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले नेपालमा एसएमएस र इमेलबाट सनाखत हुने व्यवस्था नभएको बताए।


