काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) आफ्नो घोषणापत्र र पार्टीको नियमावली तयार गरेको छ । नेपालसहित उनी पक्षीय नेताहरु पार्टीको दस्तावेज तयार गर्न चन्द्रागिरी रिसोर्ट पुगेका थिए । ३२ जना संघीय सांसदसहित करिव ६० जना नेताहरु सोमबारको बास बस्नेगरी चन्द्रागिरी पुगेका हुन् ।
नयाँ पार्टीको घोषणापत्र, अन्तरिम विधान २०७८, राजनीतिक प्रस्ताव र पार्टी नियमावली लगायतका चारवटा प्रस्तावलाई अन्तिम रुप दिनेगरी छलफल गर्न चन्द्रागिरीमा आवासीय बैठक राखिएको संघीय सांसद रामकुमारी झाँक्रीले बताइन् उनले चारवटै दस्तावेज सोमबार बेलुका नेताहरुलाई बाँडिएको र अध्ययनपछि मंगलबार त्यसलाई पारित गर्ने कार्यक्रम रहेको जानकारी दिइन्। नेकपा (एकीकृत समाजवादी) का नेताहरुलाई बुधबार निर्वाचन आयोगले सनाखतका लागि बोलाएको छ ।यहाँ हेर्नहोस नेकपा (एकीकृत समाजवादी)को घोषणा पत्र
https://drive.google.com/file/d/1LvQ8J8-
यहाँ हेर्नहोस नेकपा (एकीकृत समाजवादी) को विधान
https://drive.google.com/file/d/1YRnMKaknIBkd_1N1YSQk46xo