काठमाडौँ। जसपाबाट बाहिरिएको महन्थ ठाकुर नेतृत्वको समूहले दलको नाम ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपाल’ राख्ने भएको छ । यसअघि जसपा नेपाल (लोकतान्त्रिक)प्रस्तावित गरिएको थियो ।
तर अर्को दलसँग मिल्दोजुल्दो नाम राख्न नमिल्ने भएपछि नाम बदलिएको हो । नेताहरू सुरेन्द्र झा र केशव झाले शुक्रबार निर्वाचन आयोग पुगेर नयाँ दलको नाम बुझाएको हो। नेता केशव झाका अनुसार अब दल दर्ताका लागि आयोगले निर्णय दिएपछि आधिकारिकता पाउने छ । पार्टीको अध्यक्षमा महन्थ ठाकुर र बरिष्ठ नेताहरूमा राजेन्द्र महतो र शरत्सिंह भण्डारी रहने निर्णय भएको पनि झाले जानकारी दिए ।
मिल्दोजुल्दो नाम राख्न नपाईने भएपछि शुक्रबारै एमालेबाट विभाजित माधव नेपाल समूहले पनि यसअघि प्रस्तावित नेकपा (एमाले समाजवादी) नाम फेर्दै नेकपा (एकिकृत समाजवादी) राख्न निवेदन दिएको थियो । ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपाल’को केन्द्रीय कार्यकारिणी समितिमा एकजना अध्यक्ष र दुईजना वरिष्ठ नेतासहित ३१ जना कार्यकारिणी सदस्य छन् । पार्टीको अध्यक्षमा महन्थ ठाकुर छन् भने दुई वरिष्ठ उपाध्यक्षमा राजेन्द्र महतो र शरतसिंह भण्डारी छन् ।हेर्नुहोस ३१ जना कार्यकारिणी सदस्यहरु नामावली…