हेटौंडा। बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । उनले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएकी छन् । बग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त अष्टलक्ष्मी शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।
प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नेकपा संसदीय दलकी नेतृ शाक्यलाई शपथ दिलाएका हुन् । एमालेकी उपाध्यक्षसमेत रहेकी शाक्य संविधानको धारा १६८ (१)अनुसार मुख्यमन्त्री नियुक्त भएकी हुन् । एमाले संसदीय दलका नेता डोरमणि पौडेलले राजीनामा दिएसँगै नेतृ शाक्य बुधबारै संसदीय दलको नेतामा चयन भएकी थिइन् ।