काठमाडौँ। सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुन ल्याउने तयारी गरेको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएकी छन् । मन्त्री भुसालले घिसिङलाई ३ बजे बस्ने मन्त्रिपरिषदको बैठकमा नियुक्तीका लागी ठाडो प्रस्ताव लैजाने तयारी गरेकी हुन।
प्रधानमन्त्री शेरबहादुर देउवाले उनको प्रस्ताव स्वीकार गरेको खण्डमा घिसिङले दोस्रोपटक प्राधिकरणको नेतृत्व सम्हाल्ने छन् । हालका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई भने ऊर्जा आयोगमा सरुवा गर्ने तयारी गरेको उर्जा मन्त्रालय स्रोतले जनाएको छ । केपी ओली नेतत्वको सरकारले २७ माघ २०७७ मा शाक्यलाई कार्यकारी निर्देशक शाक्य नियुक्त गरेको थियो ।