काठमाडौं। भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीविरुद्ध दायर भएको रिटको सोमबार पेशी तोकिएको छ । विघटित आयोगका अध्यक्ष देवी ज्ञवालीसहितले दायर गरेको रिटमाथि आज न्यायाधीश ईश्वर खतिवडाको इजलासमा पेसी तोकिएका हो । ज्ञवालीको रिटका साथै अधिवक्ता प्रवेश केसी लगायतको रिट पनि एकै ठाउँमा राखेर सुनुवाइ हुन लागेको हो । दायर रिटमा आयोग विघटन गैरकानूनी र संविधानविपरीत रहेको भन्दै उत्प्रेषणको आदेशबाट विघटन बदर गर्न माग गरिएको छ । अधिवक्ता केसीले शक्रबार रिट निवेदन दिएका थिए भने ज्ञवालीले आइतबार रिट दर्ता गराएका थिए ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.