धनगढी। कैलालीको अत्तरीयामा एमसीसी सम्झौता र भारतिय ज्यादती बिरुद्ध प्रर्दशन गरिएको छ । कैलालीको अत्तरीयामा एमसीसी सम्झौता खारेजको माग गर्दै क्रान्तिकारी माओवादीद्वारा प्रर्दशन गरेको हो । नेकपा (क्रान्तिकारी माओवादी)ले एमसिसी सम्झौता खारेज गरिनुपर्ने माग गर्दै कैलालीको अत्तरियामा बिरोध प्रदर्शन गर्दै कोणसभा गरिएको हो । यस्तै भारतीय सिमा सुरक्षा बल (एसएसबी) महाकाली नदीको तुइन काटदाँ भएको घटना र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको बिरोधमा बिहिबार कैलालीको अत्तरियामा क्रान्तिकारी माओवादीको अगुवाईमा प्रर्दशन गरिएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले राष्ट्रियता जनतन्त्र र जनजिविका पक्षमा नागरिक आन्दोलन आवश्यक भएको बताएका थिए ।
यस्तै, दार्चुलामा भारतीय एसएसबीले तुइन काटेर नेपाली नागरिक जयसिंह धामीको हत्या गरेको र अमेरिकी मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता अमेरिकी सैन्य कार्यक्रम रहेको भन्दै क्रान्तिकारी माओवादीले बिरोध कार्यक्रम गरेको हो । प्रर्दशनकारीले एमसीसी सम्झौता खारेज गर , राष्ट्रिय स्वाधीनताको रक्षा गरौ , भारतीय हस्तक्षेप बन्द गर , अमेरिकी साम्राज्यवाद मुर्दावाद, जयसिंह धामीको हत्यारालाई कारवाही गर जस्ता नारालगाउदै अत्तरिया बजार क्षेत्र परिक्रमा गरेर कोणसभा सम्पन्न गरेको क्रान्तिकारी माओवादी कैलाली जिल्ला सेक्रेटरी रूद्र कँडेलले जानकारी दिए ।नेपाली झण्डा बोकेर आएका महिलाहरुले भारतीय ज्यादती विरुद्ध नारा बाजी गरेका थिए । बिरोध प्रदर्शन कार्यक्रममा स्थानीय महिला समाजसेवी क्रान्तिकारी माओवादी नेताहरुको उपस्थिति रहेको थियो ।