काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव कुमार नेपालीबीच आज पनि भेटवार्ता भएको छ । अध्यक्ष ओलीसँग नेता नेपालको भेटवार्ता हुन लागेको बताइरहँदा त्यसअघि नै दाहालले नेपालसँग भेटेका हुन् । कोटेश्वरस्थित एक व्यापारीको निवासमा भएको भेटमा दाहालले आज पनि नेता नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेको स्रोतले जनाएको छ । तर, पार्टीकै दोस्रो तहका नेताहरुले एकताका लागि दबाब दिएको तथा ओलीसँग भेट हुन लागेकाले त्यसअघि उनले यस विषयमा निर्णय दिएका छैनन् । संसद जोगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै गठबन्धनका नेताहरुले मन्त्रिपरिषद विस्तारमा पनि नेता नेपाललाई पर्खिदै आएका छन् । नेता नेपाल पक्ष सरकारमा सहभागी भए बुधबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।
दाहाल-नेपाल बिच भेटवार्ता, सरकारमा सहभागी हुन दाहालको आग्रह
दाहाल-नेपाल बिच भेटवार्ता, सरकारमा सहभागी हुन दाहालको आग्रह
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

