दार्चुला। दार्चुलाको महाकाली नगरपालिकाका प्रवक्ताले राजीनामा दिएका छन् । नगरपालिकाको वडा नम्बर ४ का अध्यक्ष एवम् नगर प्रवक्ता पुष्करराज जोशीले राजीनामा दिएका हुन् । सामाजिक विकास समितिका संयोजक समेत रहेका उनले संयोजक र नगर प्रवक्ता दुवै पदबाट राजीनामा दिएको बताइएको छ । राजीनामा दिनुको कारण नखुलाएका वडाध्यक्ष जोशीले आइतबार राजीनामा पत्र नगर प्रमुख हंसराज भट्ट सामु बुझाएको बताइएको छ ।साथै उनले सामाजिक सञ्जालक फेसबुक मार्फत नगर प्रवक्ता र सामाजिक विकास समितिको जिम्मेवारीबाट राजिनामा दिएको घोषणा गरेका छन् ।
उनको सामाजिक सञ्जालक फेसबुक स्टाटस यस्तो छ यसरी लेखेका छन्
महाकाली नगरपालिकाको प्रवक्ता एवम् सामाजिक विकास समितिको संयोजकको रूपमा प्राप्त जिम्मेवारीलाई निर्वाह गर्ने क्रममा मलाई मार्गदर्शन गर्नुहुने नगर प्रमुख ज्यू, उपप्रमुख ज्यू, विशेष साथ सहयोग गर्नुहुने वडा अध्यक्ष ज्यूहरु, कार्यपालिका सदस्य ज्यूहरु, नगर सभाका सदस्य ज्यूहरु, शिक्षा शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, प्रशासन शाखा प्रमुख, लेखा शाखा प्रमुख लगायत सम्पूर्ण कर्मचारी साथीहरु, विव्यस अध्यक्ष ज्यूहरु, विद्यालयका प्र।अ। ज्यूहरु, शिक्षक÷शिक्षिकाज्यूहरु, समस्त स्वास्थ्यकर्मी साथीहरु, पत्रकार मित्रहरु, नगरवासी आमा–बुवा, दाजु–भाई तथा दिदी–बहिनीहरु प्रति हार्दीक आभार एवम् धन्यवाद दिन चाहन्छु । साथै आजकै मिति देखि नगर प्रवक्ता र सामाजिक विकास समितिको संयोजक पदबाट राजीनामा दिएको घोषणा गर्दै जिम्मेवारी निर्वाह गर्ने क्रममा भएको कमी कमजोरीका लागि हृदय देखि नै क्षमा माग्न चाहन्छु ।