धनगढी। नेकपा(विप्लव)कैलालीले चुच्चे नक्सा लगायत बैठकका बिभिन्न निर्णयहरु कार्यान्वयन गर्न संर्घष गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) कैलालीले आज धनगढीमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालको लिम्पियाधुरासहितको चुच्चे नक्सा कार्यान्वयनका लागि संघर्ष गर्ने भएको जनाएको हो । जिल्ला समितिको १३ औँ बैठकले कार्यान्वयनमा नल्याइएको नेपालको चुच्चे नक्सालाई कार्यान्वयनका लागि संघर्ष गर्ने निर्णय गरेको पत्रकार सम्बेलन मार्फत जानकारी गराइएको हो।
पार्टीका केन्द्रिय सदस्य तथा इन्चार्ज ओमप्रकाश पुनको आतिथ्यमा साउन १, २ र ३ सम्पन्न भएको बैठकले गरेको ९ बुँदे निर्णय सार्वजनिक गरेको छ। चुच्चे नक्सा कार्यान्वयनसहित एमसीसी परियोजनाको बिरोध, सीमा अतिक्रमण, धर्म, चर्को मुल्य, कालोबजारी, झुटा मुद्धा खारेजी, राजनीतिक माथिको बैदेशिक हस्तक्षेपको बिरोध गर्ने निर्णय भएको पार्टी सचिव दिपक चलाउने जानकारी दिए। पार्टीले सरकारसँग भएको ३ बुँदे सहमतिको कार्यान्वयनका लागि समेत संघर्ष गर्ने निर्णय गरेको उनले जानकारी दिएका छन् ।निर्णयहरु यस प्रकार छन् ।