धनगढी। कोरोनाको अवस्थामा बालवालिका विषयक राष्ट्रिय कविता लेखन तथा वाचन प्रतियोगीता २०७८ कार्यक्रम सम्पन्न गरिएको छ । विश्व महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ ले सृजना गरेको लकडाउनको सदुपयोग गर्न र गराउन नगर बाल सञ्जाल धनगढीले आयोजना गरेको कोरोनाको अवस्थामा बालवालिका विषयबस्तुमा आधारित राष्ट्रिय कविता लेखन तथा वाचन प्रतियोगीता २०७८ को नतिजा सार्वजनिक कार्यक्रममा आज सम्पन्न गरिएको हो ।
साहित्य क्षेत्रमा बालबालिकाको बढ्दो आकर्षण लाई ध्यान दिँदै कार्यक्रम आयोजना गरिएको नगर बाल सञ्जाल धनगढीका अध्यक्ष विजयराज जोशीले जानकारी गराए । प्रतियोगिताको निर्णयक समितिमा नेपालकै उत्कृष्ट साहित्यकारहरू सहभागीता रहेको थियो । समितिमा टोपेन्द्र शाह, रसिक, तारा पल्लवी, हेमन्त शिशिर र यमराज जोशीको सहभागीता रहेको थियो । नतिजा प्रकाशन समारोह कार्यक्रममा प्रतिस्पर्धी ,बाल सञ्जालका सदस्यहरू, निर्णायक मण्डलमा सदस्यहरू उपस्थित रहेको थियो। प्रतियोगिताको नतिजा सार्वजनिक गर्दै निर्णायक मण्डल सदस्य तथा साहित्यकार टोपेन्द्र शाह रसिकले नगर बाल सञ्जाल धनगढीले यस्तो कार्यक्रम आयोजना गरेर साहित्य क्षेत्रमा ठूलो भूमिका खेलेको जानकारी दिएका छन्।
कोरोनाको अवस्थामा बालवालिका विषयक राष्ट्रिय कविता लेखन तथा वाचन प्रतियोगीतामा धनगढीकी उर्मिला खतिवडा प्रथम हुन सफल भइन् भने दितीय सुनसरीकी अनुराधा चौधरी सफल भइन् । यसरी तृतीय मकवानपुरकी रोशनी चौलागाईं सफल भएकी छिन्।कार्यक्रममा निर्णायक मण्डल सदस्य तथा साहित्यकार यमराज जोशीले नगरपालिकाले बाल सञ्जाल सँगै अझै प्रभावकारी समन्वय गर्नुपर्नेमा जोड दिए । कार्यक्रम नगर बाल सञ्जाल धनगढीकी उपाध्यक्ष लक्ष्मी जोशीले सञ्चालन गरेकी थिइन् भने कार्यकमको समापन नगर बाल सञ्जाल धनगढीका अध्यक्ष विजयराज जोशीले गर्दै कार्यक्रममा साथ सहयोग र सहभागीता जनाउने सम्पूर्णप्रति धन्यवाद समेत ब्यक्त गरेका छन् ।