धनगढी। धनगढी चौराहामा मोटरसाइकलले साइकललाई ठक्कर दिदा घाइते ४ जना मध्ये १ जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा साइकिलयात्री भजनी नगरपालीका १ का ४५ बर्षिय साधुराम डगौराको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । अन्यको अझै पहिचान खुलेको छैन। उपचार जारी छ । २ जना बेहोस अवस्थामा छन्। आज साँझ ७ बजे धनगढी उप महानगरपालिकाको मुख्य बजार धनगढी चौराहा चोकमा दुर्घटना हुँदा ४ जना घाईते भएका थिए ।
उत्तरबाट दक्षिण तर्फ गइरहेको से ५ प २६७१ नम्बरको मोटरसाइकलले २ वटा साइकललाई ठक्कर दिदा ३ जना गम्भीर र एकजना सामान्य घाइते भएका थिए । मोटर साइकल चालक र पछाडी बसेका एक जना र १ साइकल चालक सहित ३ जना गम्भीर घाईते भएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मोटरसाइकल चालकले मदिरा सेवन गरी अनियन्त्रित रुपमा मोटरसाइकल कुदाइरहेका कारण दुर्घटना भएको बुझिएको छ । अझै थप बिवरण आउन बाँकी छ ।