धनगढी: सशस्त्र प्रहरी बल नेपालको पोशाक दुरुपयोग गरी भिडियो बनाएर सामाजिक सञ्जाल टिकटकमा पोस्ट गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा चुरे गाउँपालिका–४ गर्भदरबार घर भई हाल धनगढी उपमहानगरपालिका–१ त्रिवेणीचोक बस्ने २१ वर्षीय दिनेश थापा रहेका छन्। थापाले सशस्त्र प्रहरी बल नेपालको पोशाक दुरुपयोग गरी भिडियो बनाएर टिकटकमा पोस्ट गरेको भन्दै प्रहरीले उनलाई मंसिर ३ गते नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर कार्यालयमा ल्याएको थियो। त्यसपछि उक्त कार्य नगर्न र नगराउन सम्झाइबुझाइ गरी पठाइएको प्रहरीले जनाएको छ।प्रहरीले सार्वजनिक निकायका पोशाक तथा पहिचानको दुरुपयोग नगर्न आग्रह गरेको छ।


